धनगढीमा ५४ हजारका अवैध सामान बरामद

धनगढी- धनगढीमा झण्डै ५४ हजार मूल्यका अवैध सामान बरामद गरिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म त्रिनगरले सुर्तीसहित अवैध सामान बरामद गरेको हो।

Dadeldhura hospital

सशस्त्र प्रहरी बलका अनुसार बिहिवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट ५३ हजार आठ सय ५० रुपैयाँ मूल्य बराबरका सुर्ती तथा लेडिज सुटहरू बरामद गरिएको हो।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरी सहायक निरीक्षक चेतेन्द्र मल्लको कमाण्डमा रहेको सात जनाको पैदल गस्ती टोलीले अवैध बेवारिसे अवस्थामा भन्सार छलीको सामान बरामद गरेको हो। बरामद गरिएका सामानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

Loading...