ट्रान्समिसन लाइनको तार खस्दा सुदूरपश्चिमका ६ जिल्लामा विद्युत सेवा अवरुद्ध

डडेल्धुरा- डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ । अत्तरिया डडेल्धुरा मुख्य ट्रान्समिसन लाइनको तार खस्दा सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युतीय सेवा अवरुद्ध भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सुदूरपश्चिमका ६ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाडामा मुख्य टावरको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।

Navadurga sun
Godawari sandesh

‘अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत प्राविधिकरणले जनाएको छ। मुख्य लाइनको तार टुट्दा स्याउले सव स्टेशनमार्फत् प्रशारण हुने पाहाडका सबै जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।

मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राविधकसहितको टोली रुवसकाँडातर्फ गएको छ । ‘विद्युत सेवा सञ्चालन गर्न एक घण्टा पनि लाग्न सक्छ र केही समस्या भए ५, ६ घण्टा पनि लाग्नसक्ने डडेल्धुरा वितरण केन्द्र का प्रमुख अवस्थीले जाजकारी दिए ।

 

Loading...