भोलि र असार ३० गते राति ८ बजेसम्म बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

Dadeldhura hospital

काठमाडौं- नेपाल राष्ट्र बैंकले भोलि र असार ३० गते २ वटा शनिवार बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ। शुक्रवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरेन्स, फण्ड ट्रान्सफरका लागि भोलि र असार ३० गते शनिवार बिदाको दिन पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो।

राष्ट्र बैंकद्वारा जारी सूचनामा असार ३१ गते पनि साँझ सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू खुला राख्न भनिएको छ।

Ganyapdhura gau
null
Loading...