कैलालीको घोडाघोडीमा संचालित बस्तुगत सहायता सहितको ४५ दिने प्लम्बिङ्ग अपग्रेड तालिम सम्पन्न

प्रकाश बहादुर बाेहरा

अत्तरिया- कैलालीको घोडाघोडी नगरपालिकामा संचालित बस्तुगत सहायता सहितको ४५ दिने प्लम्बिङ्ग अपग्रेड तालिम सम्पन्न भएको छ ।

Navadurga sun

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीको आयोजना र घोडाघोडी नगरपालिकाको सहकार्यमा संचालित तालिम शुक्रबार एक कार्यक्रमका बिच समापन भएको हो ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका केन्द्र प्रमुख भुवन राज पन्तको सभाध्यक्षतामा भएको कार्याक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहनु भएको थियो ।

केन्द्र प्रमुख रहनु भएको नगर प्रमुख रावतले सहभागि प्रशिक्षार्थीहरुलाई तालिम प्राप्त पछि आफ्नो क्षेत्रमा जोडिएर रोजगारी गर्न सक्ने बताए ।

‘यहाँहरू प्रत्यक्ष रूपमा तालिम जोडीए तालिम प्राप्त गर्नु भयो यसले केही हदसम्म भएपनि आर्थिक आय-आर्जन गर्न सफल हुनुहुनेछ ।’ उनले भने, ‘जीवनमा सफल हुनको लागि तपाईहरूले ईमानदार पूर्वक लाग्नु हुनेछ भन्ने बिश्वास आफुले लिएको छु ।’

त्यस्तै कार्यक्रममा बोल्नु हुँदै केन्द्र प्रमुख भुवन राज पन्तले कुनै पनि काम गर्दा बफादार भएर गर्नपर्ने बताए । उनले एउटा उदाहरण दिदै सीप सिकेर र प्रमाणपत्र लगेर बैदेशिक रोजगारमा गएकाको तलब बढी भएको उदाहरण दिए । त्यसैले गर्दा सीपले रोजगारमा पनि राम्रो हुनुका साथै आय-आर्जनमा पनि वृद्धि गर्न सकिने बताए । सिकेका सीपहरुको प्रमाण पत्रमा मात्रै सिमित नराखि काममा निरन्तरता दिदै जानुहोला भन्ने बताए ।

त्यस्तै तालिम प्राप्त प्रशिक्षार्थीहरुले आफुहरुले सामान्य काम जानेका थियौ । यस तालामीबाट धेरै कुरा सिक्ने मौका पनि पायौं र सीपका साथै औजारहरू पनि पाउँदा अझ बढी काम गर्न सजिलो हुने बताएका छन् ।

उक्त ४५ दिने तालिममा १५ जना सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रमाणपत्र तथा व्यवसाय संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आवश्यक औजार पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमको संचालन घोडाघोडी नगरपालिकाका रोजगार शाखा प्रमुख कैलाश कुमार भट्टले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...