बाजुरामा हाकिम र इन्जिनियरमाथि हातपात गर्ने वडाध्यक्षका छोरा पक्राउ

बाजुरा- बाजुराको बुढिगंगा नगरपालिका– ७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका छन्। कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको हो।

Dadeldhura hospital

बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए। एकपटक दुवै पक्षबिच छलफल गर्ने उनले बताए।

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ।

Loading...