आज मधेसबाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं- आज मधेस बाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

Dadeldhura hospital

यस्तै, राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघ–गर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान रहेको उनले बताए । बाग्मती, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा नदी आसपासका क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Loading...