कैलालीको जोशीपुरमा संचालित बस्तुगत सहायता सहितको ४५ दिने बारबर तालिम सम्पन्न

अत्तरिया- कैलालीको जोशीपुर गाउँपालिकामा संचालित बस्तगत सहायता सहितको ४५ दिने बारबर (कपाल काट्ने) तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीको आयोजना र जोशीपुर गाउँपालिकाको सहकार्यमा संचालित तालिम बुधबार समापन भएको हो ।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर थारुको सभाध्यक्षतामा भएको कार्याक्रमको प्रमुख अतिथी सामाजिक विकास मन्त्रालय धनगढीका उपसचिव गणेश बहादुर सिंह रहनु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै सामाजिक विकास मन्त्रालय धनगढीका उपसचिव गणेश बहादुर सिंहले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तथा आत्मनिर्भर बनाउन तालिम महत्वपूणर् हुने बताउनु भयो । उनले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लैजान र आय आर्जनमा जोड्न सुझाव समेत दिए ।

सिंहले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु नगरि स्वरोजगारको बाटोमा हिड्न नसकिने भएको हुँदा तालिमबाट सिकेको सीपलाई आएमुलक कार्यमा लगाउन आग्रह गरेका छन् । उनले रोजगार स्वरोजगार बनाउने कार्यक्रम सरकारले ल्याउने र युवाहरुमा पनि स्वदेशमै बसेर केही गर्छौ भन्ने मानसिकता बनाउनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा व्यावासायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका केन्द्र प्रमुख भुवनराज पन्त, जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्सल पन्त, अधिकृत मीन राज कठरिया, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका गणक लाल बहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

त्यस्तै तालिमको समापन गर्दै जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर थारुले गाउँमै रोजगारी दिने सवालमा स्थानीय सरकारले पनि योजना बनाएको भन्दै सबै मिलेर युवाहरुलाई स्वरोजगार बनाउनु पर्ने बताए ।

उनले पछिल्लो समय कपाल काट्ने पेशाको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका केन्द्र प्रमुख भुवन राज पन्तले आफुले सिकेका सीपहरुको प्रमाण पत्रमा मात्रै सिमित नराखि सदुपयोग गर्नुपर्ने बताए । समाज रुपान्तरणसँगै जीवन स्तरमा सुधार ल्याउनका लागि विभिन्न प्रकारका सीप मूलक तालिम तथा व्यावसायिक तालिमहरुलाई निरन्तरता दिइने समेत बताए ।

प्रशिक्षक बृज कुमार चौधरीले तालिमले बरोजगार युवाहरुलाई आर्थिक रुपमा सबल बनाउन ठूलो मद्दत पुर्‍याउने बताए ।

उक्त ४५ दिने तालिममा १८ जना सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रमाणपत्र तथा व्यवसाय संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आवश्यक औजार पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमको संचालन जोशीपुर गाउँपालिकाका रोजगार शाखा प्रमुख शुसिला बम (देउवा) ले गरेका थिए ।

Loading...