बैतडीका युवा पत्रकार महराको काठमाडौँमा मृत्यु

बैतडी- बैतडीका युवा पत्रकार सुरज महराको काठमाडौँमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ घर भएका पत्रकार महराको काठमाडौँमा मंगलवार मृत्यु भएको हो। महरा विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए।

Ganyapdhura gau
Dadeldhura hospital

२ महिनादेखि काठमाडौँमा उपचार गराइरेका उनको एक्कासी मंगलवार मृत्यु भएको सहकर्मी मनमोहन विष्टले बताए।

Navadurga sun
Godawari sandesh

१८ वर्षीय महरा बैतडीकै ‘खबरथली’ नामक अनलाइनमा कार्यरत थिए।प्राविधिक क्षेत्रका विद्यार्थी समेत रहेका महरा कृष्ण मावि पाटनको कम्प्युटर इन्जिनियरिङ डिप्लोमा तहको पाचौं सेमेष्टरमा अध्ययनरत थिए।

Loading...