हरिश चन्द
डडेल्धुरा १८ असार- सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना अन्तरगत पोखरा-बेलापुर सडक कालोपत्रे निर्माणको काम निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब ११ दिन बाँकी रहेकाले यस अवधिमा बाँकी ४५ प्रतिशत काम सम्पन्न गर्न कठिन देखिएको हो ।







आयोजनाको औपचारिक निर्माण २८ असार २०७७ देखि थालिएको हो । पोखरा-बेलापुर सडकमा २० करोड ४८ लाख ८५ हजार लागत मा केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएपछि म्याद थपका लागि निर्माण कम्पनिले कार्यालयमा निबेदन आएको कार्यालयले जनाएको छ ।

सडक निमाणर् गर्ने क्रममा सल्लाका रुखहरु काटिएको र वनमुद्धाका कारण निर्धारित समयमा कालो पत्रे निर्माण सम्मपन्न गर्न केहि समय लाग्ने पुर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावलले वताए ।
कच्ची सडकका कारण विशेष गरी गर्भवती तथा विरामीले सास्ती झेल्दै आइरहेका छन । सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रमा कृषकले उत्पादन गर्ने वस्तुले पनि राम्रो बजार भाउ पाउने विश्वास गरिएको छ । पोखरा-बेलापुर सडकमा १० किलोमिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय जनाएकोछ ।




