दाजुभाइ भारतमा बेपत्ता

बाजुरा- खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताए । उनले भने, ‘बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो ।

Navadurga sun
Godawari sandesh

सो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो ।’ बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई समेत हारगुहार गर्दै आएका छन् ।

छोराछोरी पढाउन र घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारतको पौडीमा पुग्नुभएको थियो । छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बेपत्ता रावत दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको बताए ।

 

Loading...