विद्यालयमा छात्रा बेहोस हुन थालेपछि ग्रहशान्ति

कैलाली- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। शिक्षा र चेतनाको सन्देश फैलाउने विद्यालयले नै छात्रालाई मनोविज्ञान तथा स्वास्थ्य शिक्षासम्बन्धी ज्ञान दिनुपर्नेमा उल्टै पूजा लगाई सामाजिक अन्धविश्वासलाई नै प्रश्रय दिएको स्पष्ट हुन्छ।

यही मङ्गलबारदेखि छात्रा बेहोस हुन थालेपछि निराकरणको उपायस्वरूप पूजा लगाएको बताइएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए ।

Navadurga sun
Godawari sandesh

उनले अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होम गरिएको बताए । उक्त समस्या समाधानका लागि विभिन्न उपाय अपनाउँदा पनि ठिक नभएपछि सबैको सुझाव अनुसार शान्तिपूजा लगाइएको भनाइ उनको छ।

अभिभावक तथा अन्य सबैबाट पूजा गर्न दबाब आएपछि मङ्गलबार विधि विद्यान अनुसार पूजा सम्पन्न गरिएको जानकारी उनले दिए । घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन्।

Dadeldhura hospital

अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने, चिच्याउने समस्या देखिएको छ। घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले कक्षा ७ देखि माथिको कक्षामा अध्ययन गर्ने छात्रामा त्यस्तो समस्या रहेको बताए ।

पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढी देखिएको बताइएको छ तर थारू समुदायका छात्रामा भने त्यस्तो कुनै समस्या देखिएको छैन, उनले थपे ।

यो कुनै आध्यात्मिक शक्ति तथा देवी देउता भूतप्रेतले भन्दा पनि छात्रा बेहोस हुने समस्या मानसिक कारण हुन सक्ने शिक्षा शाखा प्रमुख सिंहको भनाइ छ। पारिवारिक समस्या, आफूलाई अप्ठ्यारो लागेको विषयमा गृहकार्य नगर्ने, शिक्षकको सजायबाट डराउने, कसैले केही भन्छ कि भन्ने डरसँगै कमजोर मानसिकताका कारण छात्रा बेहोस भएको हुने सक्ने बताइन्छ।

पछिल्लो समय विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने, कक्षाकोठामा चिच्याउने, बर्बराउने समस्या बढ्दै गएपछि नगरपालिकाले मनोपरामर्शकर्ता पठाउने गरेको छ।

शिक्षा प्रमुख सिंहले एउटा विद्यालयमा एकहप्तासम्म मनोपरामर्शकर्ताले सहजीकरण गर्ने गरेको र सहजीकरणपछि केही कम हुँदै गएको बताउनुभयो तर विद्यालयका शिक्षक र अभिभावक भने मनोपरामर्श शिक्षा दिनुको सट्टा पूजा लगाउने, झाँक्री बोलाउने जस्ता अन्धविश्वासमा पर्ने गरेका छन्। गोरखापत्रबाट

Loading...