काठमाडौं- देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुईरतीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन ।
देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि-मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिए ।
प्रि-मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु भइनसकेकाले केही दिनको मौसम सफा नै रहने उनको भनाइ छ ।
