महासंघले रोजगार मेला गर्ने

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला गर्ने भएको छ । जेठ १६ र १७ गते महासंघको सचिवालय टेकुमा आयोजना हुने रोजगार मेला नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो ।

Dadeldhura hospital

रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहनेछ । मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने महासंघले जनाएको छ । कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीहरूमार्फत् कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यका साथ आयोजना हुने रोजगार मेलामा सयभन्दा बढी कम्पनीको सहभागिता रहनेछ ।

Navadurga sun
Godawari sandesh

मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलाका क्रममाा रोजगारी, सीप एवं जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श सेसनसमेत आयोजना हुने बताइएको छ । रोजगार मेलामा सहभागी हुने कम्पनीका लागि जेठ १० गतेसम्म रजिष्ट्रेसन समय राखिएको थियो । रोजगार मेलालाई एउटा क्यालेण्डर इभेन्टका रूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।

Loading...