देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं – आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

Dadeldhura hospital

सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने प्रधानाङ्गले बताए । हिजो अस्ति जस्तो हावाहुरीको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।

Loading...