धनगढी- कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग आज देखि सुरु भएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य ललिता सुनारले गरेकी हुन् । प्रतियोगिता अन्तर्गत आज धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिकाले पुर्नवास नगरपालिकालाई हराउँदै बिजयी भएको हो ।



त्यस्तै लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ । लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् ।


त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।





