

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि संचालित २ दिने तालिम सम्पन्न भएको छ । बेदकोट नगरपालिकाको आयोजनामा नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई २ दिने तालिम संचालत गरिएको तालिम सम्पन्न भएको हो ।






उक्त समापन तालिमको प्रमुख आतिथि नगर प्रमुख भोजराज बोहरा रहेका थिए । त्यस्तै कार्यक्रमको विशिष्ट आतिथिमा नगर उप-प्रमुख तुलसी जोशी, स्वास्थ्य कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।






