कांग्रेस नेता लेखकद्वारा सुदूरपश्चिमका महत्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिमका प्रदेशका महत्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा नेता लेखकले सुदूपश्चिम प्रदेशलगायत देशकै लागि महत्वपूर्ण योजनाको रुपमा रहेको दोधरा चादनीमा सुख्खा बन्दरगाह जस्ता योजना सम्पन्न गर्न लिखितरुपमै ध्यानाकर्षण गराउनु भएको हो ।

कञ्चनपुर जिल्लाको दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रस्ताव भारत सरकारले निर्माण गरिदिने प्रस्ताव गरेकाले नेता लेखकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे । दोधरा चाँदनीको सुख्खा बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता गर्न र आगामी आर्थिक वर्षदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिन आग्रह गरेका छन् ।

त्यस्तै, महाकाली करिडोर (कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकरसम्म) को सडकलाई रुपान्तकारी आयोजनाका रुपमा समावेश गरी आगामी आ.व. देखि नै निर्माण कार्य गर्ने गरी अगाडि बढाउन उहाँले जोड दिए । यस्तै, महाकाली प्रादेशिक अस्पताल र दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरणका लागि आवश्यक बजेटको व्यवस्थाका र मझगाउँ विमानस्थल निर्माणका लागिसमेत आवश्यक बजेटको व्यवस्थाका लागि पनि नेता लेखकले माग गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणकै क्रम्मा ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता गरी निर्माण प्रक्रिया अगाडि बढाउने, महाकाली करिडोरलाई रुपान्तकारी योजनाका रुपमा समावेश गरी निर्माण प्रक्रियालाई तीव्रता दिने, मझगाउ विमानस्थललगायतका आयोजनाका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

भेटकै क्रममा नेता लेखकले बैतडी जिल्लाको पुरानो सीमा नाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पञ्चेश्वर गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि भारत सरकारसँग पहल गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा झुलाघाट र पञ्चेश्वरमा पुल निर्माणका लागि सम्झौता अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको समेत स्वकीय सचिव भट्टले जानकारी दिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.