सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाडौं- सुनको मूल्य आज ९ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० कायम भएको हो।

Dadeldhura hospital

अघिल्लो साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसदिन तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

Navadurga sun
Godawari sandesh

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी प्रतितोला १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अघिल्‍लो कारोबार दिन प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भएको थियो।

Loading...