एकैदिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य घटेको छ। बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Dadeldhura hospital

तोलामा २ हजार रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

Navadurga sun
Godawari sandesh

यसअघि मंगलबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

Loading...