शनिवार भेटिए ७ जना कोभिड संक्रमित

काठमाडौं- नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

Dadeldhura hospital

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत लगाएका छन्।

Navadurga sun
Godawari sandesh

शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ।

 

Loading...