
काठमाडौं- सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन तोलामा १ हजार रुपैयाँले सस्तिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ तोकिएको छ।


मंगलबार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

