सामान्य घट्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला एक सयले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो।

Navadurga sun

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ६५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...