सुनको मूल्य बढ्यो, कति पुग्यो?

काठमाडौं- सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय तोकिएको छ ।

Dadeldhura hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।

 

Loading...