विश्वासको मत राष्ट्रपति निर्वाचनपछि मात्रै : सञ्चारमन्त्री शर्मा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति निर्वाचनपछि मात्रै लिने बताएकी छिन् । सरकारकी प्रवक्तासमेत रहेकी उनले मन्त्रिपरिषद् विस्तार पनि राष्ट्रपति निर्वाचनपछि मात्रै हुने प्रष्ट पारेकी छिन् ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सरकारमा को–को जाने भन्ने विषयमा छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागेपछि मात्रै विश्वासको मत लिइने उल्लेख गरिन् ।

Navadurga sun

‘अहिले हामी राष्ट्रपतिको चुनावको नजिक छौँ । राष्ट्रपतिको चुनावको नजिक भइराखेको हुनाले ध्यान त्यतातिर केन्द्रित पनि छ । त्यसकारणले राष्ट्रपतिको चुनाव पछाडी पनि हुनसक्छ । राष्ट्रपतिको चुनाव अगाडी हुन्छ भन्ने कुराको कुनै मिति किटान भएको छैन,’ उनले भनिन्, ‘संवैधानिक परिधि, सीमाभन्दा बाहिर नजाने गरेर विश्वासको मत लिने कार्यक्रम हुन्छ ।’

 

ADD Khali jpg
ADD Khali jpg
Loading...