


काठमाडौँ- सुनको मूल्य आज घटेको छ। आज प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख २ हजार ५ सय र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको हो।


अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ३ हजार र १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँ सस्तो भएको छ। यसअनुसार चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।





