कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका दैजीमा संचालित सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ । बेदकोट नगरपालिकाको न्यायिक समितिको आयोजना र नेपाल मेलमिलापकर्ता समाजको सहजीकरणमा १६ गते देखि संचालित आठ दिवसिय सामुदायिक मेलमिलापकर्ता तालिम सोमबार सम्पन्न भएको हो ।
उक्त ८ दिने तालिमको बेदकोट नगरपालिकाका नगर उप-प्रमुख एवं न्यायिक समिति संयोजक तुलसी जोशीको सभापतित्व संचालित कार्यक्रमको भोजराज बोहराको प्रमुख अतिथ्यतामा संचालन भएको थियो ।
उक्त आठ दिवसीय आधारभूत तालिम हाई-वे ग्रीन होटल दैजी कञ्चनपुरमा संचालत भएको तालिमको प्रशिक्षण अधिवक्ता रोहित देउवा र गणेश कडायतले गरेका थिए ।