करोडौँको जैतुन खेती अलपत्र

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ। जैतुनको परियोजना सकिएसँगै अहिले जैतुनको बगैँचा पनि अलपत्र भएको हो। इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाइएको जैतुन सन् २०१६ मा सफल भएको भन्ने प्रतिवेदन तयार पारिएको थियो।

Ganyapdhura gau

सोही प्रतिवेदनका आधारमा परियोजनाले बाजुराको कोल्टीमा जैतुन खेती विस्तार गरेको थियो। त्यसपछि पिलुचौर जैतुन जोन कार्यालय स्थापना गरेर कुन्ना क्षेत्रका विभिन्न ठाउँमा जैतुनको खेती सञ्चालन गरिँदै आएको छ। परियोजना सकिएसँगै जैतुनमा लगानी नहुँदा कोल्टीको जैतुन सकिँदै पनि गएको छ। परियोजनाले स्थानीय सरकारलाई हस्तान्तरण गरे पनि स्थानीय सरकारले यसको संरक्षण र संवद्र्धन गर्न नसक्दा जनप्रकाश माविको प्राङ्गणमा रोपिएको जैतुन दिन प्रतिदिन सुक्दै जान थालेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

परियोजना सफल भएको भन्दै बाजुरामा जैतुन सम्भावनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशितसँगै सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेका थियो। इटालियन सरकारले बाजुरा, डोल्पा र काठमाडौँमा परीक्षण गरेको थियो। सो परीक्षणका लागि १४ लाख युरो खर्च भएको बताइन्छ। त्यसमध्येको ५० प्रतिशत रकम त बाजुरामा मात्रै खर्च भएको थियो।

बाजुरामा सात लाख युरो खर्च भएको देखिन्छ। सो रकम नेपाली दरअनुसार नौ करोड १९ लाख २४ हजार हुन आउँछ। नौ करोडभन्दा बढी खर्च गरेको जैतुन अहिले बिरुवा सुकिसकेको छ भने अर्को जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनिरहेको छ।

परीक्षणका लागि कोल्टीमा लगाएको जैतुन ३.५ हेक्टर जमिनमा ६३६ बिरुवा रोपिएको छ। त्यसमा २८ प्रजातिका जैतुन लगाइएको थियो। त्यो बेला २४ प्रजातिका बिरुवा फलेको परियोजना अधिकृत जनेश भण्डारीले बताए । त्यसमध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जातका जैतुन सिफारिस गरेको भण्डारीले बताए । सरकारले नेपालका १० जिल्लामा सम्भावित जैतुन खेती हुने बताएको थियो। कर्णाली अञ्चलका पाँच जिल्ला, सेतीका बाजुरा, बझाङ, अछाम र भेरीका रुकुम तथा जाजरकोटमा जैतुन खेती हुने बताएको छ। गोरखापत्रबाट

Loading...