दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौं– सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ।अघिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो।

Bhancha ghar0

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ।अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ।महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

 

Leave A Reply

Your email address will not be published.