दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौं– सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ।अघिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ।अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो।

Navadurga sun

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ।महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...