कैलालीको टीकापुरमा मोटर रिवाण्डिङ तालिम सम्पन्न

अत्तरिया- कैलालीको टीकापुरमा ४५ दिने मोटर रिवाण्डिङ तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र धनगढी कैलाली र टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलालीको सहकार्यमा संचालित तालिम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा टीकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक तथा वडा नं.७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षता रहनु भएको कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका सूचना अधिकारी तथा कम्प्युटर अपरेटर प्रकाश बहादुर बोहरा, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्द बहादुर के.सी., प्रशिक्षक लक्ष्मण चौधरी लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Navadurga sun

उक्त तालिममा प्रशिक्षार्थीहरुलाई खाजा भत्ता व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले उपलव्ध गराएको थियो भने १३ हजार बराबरको औजार उपकरण खरिदको व्यवस्था नगरपालिकाले मिलाएको शाखा प्रमुख क‍े‍सीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...