प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं- शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने घटेको हो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Bhancha ghar0

यस्तै तेजाबी सुन पनि बिहिबार प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोकार भएकोमा शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । लगतार बढेर नयाँ उचाई कायम गरेको सुनको मूल्य शुक्रबार भने केही घटेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

Leave A Reply

Your email address will not be published.