डडेल्धुरा बारका उपाध्यक्ष रोकायाको निधन

डडेल्धुरा- नेपाल बार एसोसिएशन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ। बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाएर कार्यरत अधिवक्ता रोकायाको मंगलबार बिहान निधन भएको हो।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रोकाया कानूनी सहायता समितिमा पनि कार्यरत थिए। उनी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालका केन्द्रीय सदस्य हुन्।

Navadurga sun

रोकाया नेपाल पत्रकार महासंघ डडेल्धुराका पूर्व साधारण सदस्य र पूर्व केन्द्रीय सभासद पनि हुन्। यसैबीच, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले रोकायाको निधनप्रति दुःख व्यक्ति गरेको छ। शाखाका सचिव पुष्कर भण्डारीद्वारा जारी वक्तव्यमा डडेल्धुरामा लामोसयम पत्रकारिता गरेका रोकायाको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...