अनुगमन नहुँदा भएन खोटो निर्यात

डडेल्धुरा- वन अनुगमन नहुँदा सङ्कलित खोटो निर्यात हुन सकेको छैन। डिभिजन वन कार्यालय डडेल्धुराका कर्मचारीले अनुगमन नगर्दा सङ्कलित खोटो निर्यात हुन नसकेको हो। डडेल्धुराका सामुदायिक वन र राष्ट्रिय वनका सल्लाबाट खोटो सङ्कलन हुँदै आएको छ।

खोटो निकालेको सल्लाका रुख वनका कर्मचारीले अनुगमन गरेपछि घाटगद्दी गरेर रोयल्टी सङ्कलन गरी निर्यात गर्ने कानुनी प्रावधान छ। खोटो सङ्कलन गरेको कम्पनीले रिल काटेको, एसिडको प्रयोग गरेको मात्रा र घाउमा पोत्नु पर्ने हुन्छ। तोकिएको प्रावधानअनुसार कम्पनीले काम गरेको छरछैन अनुगमन वनका कर्मचारीले गर्नुपर्ने हुन्छ।

Navadurga sun

डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत एवं सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार कर्मचारी अभाव हुँदा वनको अनुगमन गर्न नसकिएको हो। डडेल्धुराका वनमा दिव्या रोजिन टर्पेन्टाइन कम्पनीले खोटो सङ्कलन गर्ने गरेको छ। सरकार मातहतको नेपाल टर्पेनटाइन कम्पनी हटाई हाल निजी कम्पनी दिव्या रोजिनले एकलौटी ढङ्गले यहाँका वनबाट खोटो सङ्कलन गरेर लैजाने गरेको छ।

गत वर्ष २०७८ मा डडेल्धुराबाट छ लाख ११ हजार किलोग्राम बढी खोटो निर्यात भएको थियो। सो निकासीबाट वनले ७३ लाख बढी रुपियाँ आम्दानी गरेका थिए। प्रतिकिलोग्राम १२ रुपियाँका दरले खोटो सङ्कलन कम्पनीले सामुदायिक वनको खातामा राजस्व जम्मा गर्नुपर्छ। राष्ट्रिय वनको हकमा वन कार्यालयमा राजस्व सङ्कलन हुने बताइन्छ। दिव्य रोजिन टार्पेटाइन कम्पनीका डडेल्धुरा इन्चार्ज तिलाराम ढुङ्गानाका अनुसार गत वर्षभन्दा यस वर्ष खोटो कम मात्रामा सङ्कलन गरिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...