भूकम्पको केन्द्रबिन्दु बिच्छयाँ सञ्चार सम्पर्कबाहिर

बाजुरा- मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताएका छन् ।

भुकम्पका कारण गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको थियो । दर्जनौ घर भत्काएको छ विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छयाँको बारेमा भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

Navadurga sun

बिच्छयाँ प्रहरी चौकीमा सम्पर्क हुन नसक्दा त्यहाँ के कति क्षति भयो कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।भूकम्प गएको बेला एकपटक सम्पर्क भएको थियो, त्यो बेला प्रहरी चौकी चर्किएको नजिकैको घरहरु चर्केको जानकारी आएको हो, त्यो पछि सम्पर्क हुन नकसेको डिएसपी थापाले वताए ।

बिच्छयाँ क्षेत्रमा हिमपात भइरहेका कारण फोन अवरुद्ध हुदा के कति क्षति भएको कुनै पनि विबरण नआएको प्रहरीले जनाएको । बिच्छयाँ प्रहरी चौकीमा सञ्चारसेट पनि नरहेको प्रहरीले जनाएको छ । केन्द्रबिन्दु भएको क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन । क्षतिको विवरण आउन बाँकी रहेको छ, गाउँपालिका बाट त्यहाँ पुग्न दुई दिन लाग्ने गरेको भण्डारीले बताए।

भण्डारीले भने सबै वडाअध्यक्षहरुलाई मोवाइलमा म्यासेज पठाएको तर कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् । जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा समस्या भइरहेको छ । भेडा चराउन गएका गौमुल गाउँपालिका १ का एकका रामदल बोहोरा घाइते भएका छन् । जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा पनि मरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...