सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६ हजार

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा छापावाला सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो। सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ। महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो।

अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि तोडेको हो। चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.