मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका-९ मा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। शनिबार राति बागमती प्रदेश ०२-०४० प १३२० नम्बरको मोटरसाइल अनियन्त्रित भएर पल्टिँदा अर्घाखाँची घर भई ललितपुर-२ इमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो।

उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइल पछाडि बस्ने २० वर्षीय राजिव कुमार यादवको अवस्था सामान्य छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...