अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु गरिएको छ । अत्तरिया सञ्चार नेटवर्क प्रा.लि.ले पथम पटक शनिबार देखि दुई दिने अन्तर मावि स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको हो ।
उक्त भलिबल प्रतियोगिता सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिता अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा सु.प.संयोजक मनोज राईले उद्घाटन गरेका हुन् । प्रतियोगितामा ६ टिमको प्रतिष्पर्धा रहेको खेल आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद रु. १० हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु. ५ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगीतामा तृतिय स्थान हासिल गर्ने टिमले नगद रु. ३ हजारका साथै प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै अत्तरिया सञ्चार नेटवर्क प्रा.लि.का प्रवन्ध निर्देशक/कार्यकारी सम्पादक प्रकाश बहादुर बोहराको सभापतित्व संचालन भएको कार्यक्रमको प्रमुख अतिथी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा सु.प.संयोजक मनोज राई रहनु भएको थियो ।
त्यस्तै उद्घाटन सत्रमा प्रमुख अतिथी रहनु भएका राईले खेलकुद राष्ट्र र समाजको लागि अति महत्वपूणर् रहेको बताए । खेलमा अनुशाासन आवश्यक रहनु पर्ने उनले बताए ।
त्यसैगरी कार्यक्रममा सुदूरपश्चिम माध्यमिक विद्यालयका अध्यक्ष गणेश थापा, सुदूरपश्चिम माध्यमिक विद्यालयका शिक्षक प्रधानाध्यापम नगेन्द्र नाथ योगी लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य गणेश नाथ योगीले गरेको कार्यक्रमको संचालन उद्धार खबर दैनिक प्रबन्ध निर्देशक तथा सञ्चालक नरेश नाथ योगीले गरेका थिए ।