एकै दिन सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाउ पनि उच्च

काठमाडौँ- शुक्रबार एकै दिन सुन प्रतितोला सात सय रुपैयाँ महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन १ लाख ५ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।

Bhancha ghar0

अघिल्लो दिन भने छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ३ सय ५५ रुपैयाँमा झरेको चाँदी आज प्रतितोला फेरि १ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो।

नेपालमा सुनको मूल्य बढे पनि अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ६।७९ डलरले घटेर १ हजार ९ सय २५ अमेरिकी डलर पुगेको गोल्डप्राइस डट ओआरजीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.