Satyawati
Division ban Pahalmanpur

प्रतितोला १ लाख ५ हजार पुग्यो सुनको भाउ

Purbadhar dadeldhura

काठमाडौँ- सुनको भाउ प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य २०७९ सालकै उच्च हो । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

Malpot office dadeldhura

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँ बढी हो । यसअघि शुक्रबार १ लाख ३ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाा कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य २५ रुपैयाँ बढी हो ।

 

 

 

Dadeldhura Aspatal & Ban
Loading...