डडेल्धुरामा बालकको हत्या गरी खाल्डोमा गाडेको भेटियो

डडेल्धुरा- डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। बालक पुस १२ गतेदेखि बेपत्ता रहेका थिए।

Navadurga sun

मृतक बोहरा स्थानीय समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत थिए। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्।

पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा गजेन्द्र बोहरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। बालकलाई निर्घात कुटपिटपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...