Satyawati
Division ban Pahalmanpur

सातामा १६ सयले बढ्यो सुनको मूल्य

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ- यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा तोलामा १ हजार ६०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो ।

Malpot office dadeldhura

जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो ।

यस्तै, सोमबार ५०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार ३०० ले घटेको सुनको मूल्य बिहीबार २०० र शुक्रबार ५०० ले बढेको महासंघले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...