डडेल्धुरा अपडेट : बालक गाडिएको शंकास्पदस्थल पुग्यो विज्ञ टोली, उत्खनन गर्दै प्रहरी

 

कञ्चनपुर- डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर शव खाल्डोमा पुरिएको आशंका भएको ठाउँमा विज्ञसहितको प्रहरी टोली पुगेको छ। प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले शंकास्पद भनिएको घटनास्थल विज्ञ टोलीले उत्खनन गरिरहेको जानकारी दिए।

‘शंकास्पद घटनास्थल उत्खनन सुरु गरेका छौं, विज्ञ टोली पनि पुगेको छ’, घटनास्थलमा रहेका प्रहरी निरीक्षक बडूले भने, ‘शव भेटिसकेको छैन।’ बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...