डोटीमा नेपाली सेनाको शिविरबाट २ सय ४२ जनाले स्वास्थ्य सेवा लिए

डोटी– डोटीमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४२ जनाले सेवा लिएका छन् । डोटीको सिलगढीमा रहेको भैरबप्रसाद गणको आयोजनामा शिखर नगरपालिका वडा नं. ११ बारपाटामा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७८ जना पुरुष, १ सय ४७ जना महिला र १७ जना बालबालिका गरि जम्मा २ सय ४२ जनाले सेवा लिएका हुन् ।

शिविरमा उपचारका लागि आएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिए । बारपाटामा सहजै सडक तथा स्वास्थ्यको पहुँच नभएको र आर्थिक स्थिति कमजोर भएका स्थानीयवासीलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको कार्कीले बताए ।

Navadurga sun

शिविरमा रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा जोर्नी, बल्ड प्रेसर, सुगर र महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी रोगहरुबारे समेत उपचार गरिएको थियो । सैनिक श्रीमती संघ, श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्म राजपुर, जिल्ला अस्पताल डोटी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटीको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...