डडेल्धुरामा करेन्ट लागेर कर्मचारीको मृत्यु

धनगढी- डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका बस्ने ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाटलाई घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । उनी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरा मातहतको बगरकोट सव स्टेशनमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।

Loading...