एक वर्ष ढिला, सरोकारवाला निकाय चुपचाप

डडेल्धुरा- डडेल्धुरा–सिराड–रुपाल सडकको बिरादे–बडरकोट–सिराड सडकखण्ड निर्माण एक वर्ष ढिलो हुँदासमेत सरोकारवाला निकाय चुपचाप रहेका छन्। कालोपत्रे गर्न २०७६ असार ३० गते शनिदेव निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। २०७८ पुस ३० गते कालोपत्रे गरिसक्न २४ करोड १८ लाख ९५ हजार रुपियाँ लागतमा नौ किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

Ganyapdhura gau

सम्झौता गरिएको समयमा सडक कालोपत्रे गर्ने कार्यको २० प्रतिशत मात्रै काम गरिएकाले एक वर्ष समय थप गरिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका इन्जिनियर सूर्यप्रसाद जोशीले बताए । उनका अनुसार गत असार मसान्तसम्म निर्माण कम्पनीले चार करोड १० लाख ७७ हजार रुपियाँ मात्रै खर्च गरेको छ। यो सडक भागेश्वर गाउँपालिकाको मुख्य सडक हो।

Navadurga sun
Godawari sandesh

यस सडकले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले जोड्छ। भागेश्वर गाउँपालिकामा कालोपत्रे हुन लागेको पहिलो सडक पनि यही हो। यही सडक भएर दैनिक एक सयजति यात्रु र मालवाहक गाडी ओहोरदोहोर हुने गरेका छन्।

Dadeldhura hospital

२०७८ असार मसान्तसम्म काम सम्पन्न त परै जाओस् ८० प्रतिशत बढी काम बाँकी रहेकाले एक वर्ष समय थप गरिएको थियो। इन्जिनियर जोशीले भने, ‘थप गरिएको समयमा पनि कालोपत्रेको काम पूरा हुने देखिएको छैन।’

हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको उनको भनाइ छ। म्याद थप गरेको समय यही पुस मसान्तमा सकिँदै छ। निर्माण कम्पनीले हालसम्म कटिङ गर्ने, पर्खाल लगाउने, नाली बनाउने र बेस बनाउन ग्राभेल बिछ्याउने काम गरेको छ। बगरकोट बजारमा घरटहरा हटाउनुपर्ने छ।

तर, हालसम्म सो प्रक्रिया अघि बढाइएको छैन। हिउँदको चिसोमा कालोपत्रेसमेत गर्न नसकिने भएकाले म्याद थप गरेको समयमा सडक कालोपत्र गर्ने काम पूरा हुने छैन। हिउँदमा तापक्रम नपुग्ने भएकाले कालोपत्रे गर्न नमिल्ने इन्जिनियर जोशीको भनाइ छ।

उनका अनुसार फागुन महिनापछि मात्रै कालोपत्रे गर्न मिल्छ। निर्माण कम्पनीले चाँडो काम गरे आउँदो असार २०८० मा काम पूरा हुन सक्ने उनले बताए । तोकिएको समयमा सडक कालोपत्रे नगरिँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। ग्राभेल सडक पूरै धुलाम्मे हुने गरेको छ।

Couple
Loading...