भवन अधुरो हुँदा खोप लगाउन समस्या

डडेल्धुरा- भागेश्वर गाउँपालिका–३, सतीगाउँमा गाउँघर क्लिनिक भवन नहुँदा बालबालिकालाई खोप लगाउन समस्या भएको छ। दुई वर्षपहिले गाउँघर क्लिनिकको भवन निर्माण सुरु गरिएको भए पनि पूर्ण रूपमा निर्माण पूरा नहुँदा सतीगाउँका बालबालिकालाई खोप लगाउन समस्या भएको हो।

सती गाउँका बालबालिकालाई खोप लगाउनका लागि डेढ घण्टाभन्दा बढीको पैदल दूरी हिँडेर वडाको सदरमुकाम बोगटासम्म जान स्थानीय बाध्य छन्। स्थानीय महिला डम्बरी भट्टले बालबालिका खोप लगाउन डेढ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बताए । उनले भने, ‘खोप लगाउन मात्रै एक दिन पूरै कट्छ। अरू काम केही पनि हुँदैन। गाउँमै क्लिनिक भइदिएको भए धेरै सहज हुने थियो।’

Navadurga sun

सिटामोल खरिदका लागि पनि घण्टौँ पैदल दूरी हिँड्नुपर्दा सतीगाउँका बिरामीलाई समस्या हुने गरेको छ। निर्माणाधीन गाउँघर क्लिनिकमा झ्याल ढोकादेखि अन्य थोरै काम बाँकी छ। अब छिट्टै निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष डम्बर जोशीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...