

काठमाडौं- सुनको मूल्य दुई दिनमा १ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ५०० रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रूपैयाँले बढेर १ हजार ४०५ रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।



अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:५४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८१८ दशमलव ४० डलर पुगेको छ ।


अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८१४ डलरमा ९८ पैसामा बन्द भएको थियो । आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ७२ पैसा थियो ।





