तीन महिनादेखि त्रिपालको बास

बाजुरा- बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताए।

Ganyapdhura gau
Dadeldhura hospital

उनले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताए। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उनले बताए । गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताए।

Navadurga sun
Godawari sandesh

यसैबीच बाढीपहिरो प्रभावित स्थानीयलाई गत शनिबार मात्रै फेज नेपाल बाजुराको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ। असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाबाट प्रभावित स्थानीयलाई खाद्यान्नका सामाग्री वितरण गरिएको प्रवक्ता भीमानन्द पाण्डेयको भनाइ छ। उनले वडा नं. ४ को बोर्तालगायत अन्य ठाउँका १४४ प्रभावित स्थानीयलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको बताए।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार गाउँपालिकाको आर्थिक स्रोतबाट उनीहरूलाई पुनस्र्थापना गर्न सकिने अवस्था छैन। असोजकै पहिरोले बोर्ताको बस्तीसँगै नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन पनि बगाएको थियो।

Loading...