


काठमाडौं- आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।


आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ ।शुक्रबार सुनको मूल्य एक लाख ३ सय, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ तोकिएको थियो ।





