पुलबाट ट्रक खस्दा चालकको मृत्यु

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक पुलमुनि खस्दा चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले मृतकको आफन्त आइसकेपछि शव परीक्षण गर्न भरतपुर अस्पताल पठाउने जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...