माया हत्या प्रकरण : घाइते नेहाको डडेल्धुरामा उपचार हुँदै

डडेल्धुरा- बैतडीको पञ्चेश्वर गाउँपालिका(४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या भयो। मंगलबार घरबाट कपडा सिलाउन जान्छु भनी पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो।

उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते भएकी छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र हातमा घाउ छ। उनी राम्रोसँग बोल्न सकिरहेकी छैनन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...